News ताप्लेजुङलाई आठराई मदन मेलामा महिला फुटबलको उपाधि
रमेश समदर्शी

ऐतिहासिक आठराई मदन मेला २०७८ को अवसरमा आयोजित श्रीकृष्ण मेमोरियल फुटबल प्रतियोगिताको उपाधि ताप्लेजुङको कर्मासिं सोनाम स्मृति क्लबले जितेको छ । आज भएको फाइनल खेलमा पाँचथर फाक्तेपको पिवाईसीलाई १ ० गोलअन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो ।

त्रि-मोहन माविको खेलमैदानमा आयोजित प्रतियोगिताको फाइनल खेलमा ताप्लेजुङले सनम राईको निर्णायक गोलबाट उपाधि उचालेको हो । महिला फुटबलतर्फ उत्कृष्ट खेलाडी पाँचथरकी ममता राउत घोषितहुँदै नगद २ हजार ५ सय पाउन सफल भइन् ।

यस्तै, पिवाईसीकी एलेक्स चौधरी, बेस्ट गोलकिपर ताप्लेजुङकी एलिजा लिम्बू र ताप्लेजुङकै सनम राई सर्वाधिक गोलकर्ता भइन् । उनीहरुले जनही २ हजार ५ सय नगद र ट्रफी पाए । अनुशासित टिम घोषितहुँदै आठराई मदन मेला आयोजक समितिको क्लबले नगद ५ हजार पुरस्कार पाएको छ ।

८ वटा टिम सहभागी प्रतियोगिताको विजेता ताप्लेजुङले नगद ६५ हजार र ट्रफी पाएको छ भने उपविजेता पाँचथरले नगद ४० हजार र ट्रफीमा चित्त बुझाएको छ ।

आठराई मदन मेला २०७८ आयोजक समितिले आयोजना गरेको कार्यक्रममा विभिन्न १० वटा विधामा प्रतियोगिता गराइएको थियो ।

Post Comments