
भैरहवा । २८औं माछापुच्छ्रे कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा लुम्बिनी खुकुरी क्लब, बेलहिया र आयोजक माछापुच्छ्रे एफसी भिड्ने पक्का भएको छ ।
पक्लिहवा कृषि क्याम्पसमा भएको दोस्रो सेमिफाइनलमा लुम्बिनी खुकुरीले सिद्धार्थ एफसीलाई १–० को साँघुरो अन्तरले हराउँदै फाइनल स्थान सुरक्षित गरेको हो ।
लुम्बिनी खुकुरीका लागि पहिलो हाफको २६औं मिनटमा जितेश गुरुङले गरेको एक मात्र गोल निर्णायक बन्यो । निर्णायक गोलकर्ता गुरुङ नै खेलको म्यान अफ द म्याच पनि चुनिए ।
अब लुम्बिनी खुकुरीले फाइनलमा यहि चैत्र २५ गते शुक्रबारका दिन आयोजक माछापुच्छ्रे एफसीसँग उपाधिका लागि फाइनल खेल्ने आयोजक क्लबका सुभाष थापाले जानकारी दिए ।
माछापुच्छ्रे एफसी, भैरहवाको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ ।