News कास्की लिगमा आइतबार सात खेलहरु सम्पन्न
उमेश पुन

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा जारी जिल्ला स्तरीय साबित्री निर्माण सेवा फुटबल लिग अन्तर्गत पोखरा २५ हेम्जास्थित गौरीशंकर खेलमैदानमा ४ खेल सम्पन्न भएको खेल सहसंयोजक सुनिल गायकले बताए ।

उनका अनुसार पहिलो खेलमा डिकुरपोखरीको अनुपस्थितिमा विष्णुपादुका हेम्जा वाक ओभरमार्फत विजयी बन्यो । दोस्रो खेलमा भदौरे एफ सीले लेकसाईडलाई ५-० गोल अन्तरले पराजित गर्यो । तेस्रो खेलमा भ्याली स्पोर्टस् क्लवले ११-० को फराकिलो गोल अन्तरले फुलबारीलाई पराजित गर्यो ।

चौथो खेल एलजी एशोसियसन र गार्डेन एफ सी विच भएको खेल ०-० गोलको बराबरीमा रोकिदै दुवै टिमले समान १ अंक बाडेको छ । लिग चरणको खेल अन्तर्गत पोखरा रंगशालास्थित वैकल्पिक खेलमैदानमा भएको पहिलो खेलमा ड्यामसाईड क्लब र एबिसीको खेल १-१ गोलको बराबरीमा रोकिदै दुवै टिमले समान १ अंक बाडेको खेल संयोजक नर प्रसाद गुरुङले जानकारी दिए।

दोस्रो खेलमा सहारा क्लबले सत्य युवा क्लबलाई ३-० गोल अन्तरले पराजित गर्यो ।।तेस्रो खेलमा शितल ज्योती क्लबले डेभिजफल क्लबलाई ३–० गोलको फराकिलो अन्तरले पराजित गर्यो ।

Post Comments