News नेपालको खराब शुरुवात
गोलनेपाल

काठमाडौं । एएफसी फुटसल एसियन कप छनौटतर्फ नेपालले खराब शुरुवात गरेको छ । किर्गिस्तानको बिश्केकमा जारी छनौट प्रतियोगितातर्फ समूह बी मा परेको नेपालले आफ्नो पहिलो खेलमा बलियो उज्वेकिस्तानसँग ५–१ को हार बेहोर्यो ।

गजप्रोम स्पोर्टस कम्प्लेक्समा सम्पन्न खेलमा नेपालका लागि एक मात्र गोल मणि लामाले फर्काएका थिए । नेपालले आफ्नो दोस्रो खेल सोमबार ताजिकिस्तानसँग खेल्नेछ । त्यस्तै अन्तिम खेल भने मंगलबार अफगानिस्तानसँग खेल्ने कार्यक्रम छ ।

Post Comments