काठमाडौं । खुमलटार युथ क्लबले आफ्नो क्लब इतिहास मै पहिलोपटक शहिद स्मारक ए डिभिजन लिग खेल्ने पक्का भएको छ । आइतबार बी डिभिजन लिगको अन्तिम खेलमा खुमलटारले सामाजिक युथ क्लबलाई २–१ ले हरायो र ऐतिहासिक उपलब्धी हासिल गर्यो ।
खुमलटारको जितमा खेलको १४औं मिनटमा सबिन केसीले पहिलो गोल गरे । यद्यपि खेलको ५७औं मिनटमा सुरेश खत्रीले सामाजिक युथ क्लबका लागि बराबरी गोल फर्काए । तर सामाजिक युथले त्यो बराबरी गोलको खुशी अन्तिमसम्म मनाउन सकेन । खेलको अन्तिमतिर बिकास लिम्बुले आत्मघाती गोल गरेपछि सामाजिक युथ निराश बन्न पुगेको थियो ।
यो जितपछि लिगतालिकाको दोस्रो स्थानमा रहेर चर्च ब्वाईज युनाइटेडसँगै खुमलटार पनि ए डिभिजनमा बढुवा भयो । उता खुमलटारसँगै समान अंक भए तापनि हेड टु हेडका आधारमा रानीपोखरी कर्नर टिम (आरसिटी) तेस्रो स्थानमा रहन बाध्य भयो । आरसिटीले टुसाल युथ क्लबसँग गोलरहित बराबरी खेल्नु नै दुर्भाग्यपुर्ण बन्यो ।
त्यसैगरी सामाजिक युथ क्लब र झम्सीखेल युथ क्लब सी डिभिजनमा घटुवा भएका छन् । रेलिगेशनमा परेका यी दुवै टोलीले आगामी सिजन सी डिभिजन लिगमा प्रतिस्पर्धा गर्ने छन् ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै