News नेपालले कतारमा दुई मैत्रीपूर्ण फुटबल म्याच खेल्ने तय
गोलनेपाल

काठमाडौं । एएफसी एसियन कप २०२३ को छनौट प्रतियोगिता खेल्ने तयारीमा रहेको नेपालले कतारमा अफगानिस्तानसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने तय भएको छ । मैत्रीपूर्ण म्याचका लागि नेपालले गरेको प्रस्ताव अफगानिस्तानले आइतबार आधिकारिक रुपमा स्वीकार र पुष्टी गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले अफगानिस्तानसँग आउँदो मई २५ र २९ तारीखका दिन दुई मैत्रीपूर्ण फुटबल म्याच खेल्नेछ । जुन म्याचहरु कतारमा हुने छन् । हाल बन्द प्रशिक्षणमा रहेको नेपाली फुटबल टोली थप प्रशिक्षण र तयारीका लागि कतार जाने कार्यक्रम छ ।

स्मरण रहोस, एएफसी एसियन कप छनौटतर्फ समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेल ८ जुनका लागि जोर्डनसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । त्यस्तै ११ जुनका लागि कुवेतसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल १४ जुनका दिन इण्डोनेसियासँग खेल्नेछ ।

छनौट प्रतियोगिताका सबै खेलहरु कुवेतको राजधानी कुवेत सिटीमा हुनेछन् ।

Post Comments