News किरनको टोली माजियाले गर्यो गोलको वर्षा
गोलनेपाल

काठमाडौं । दुई साताअघि क्लब इगल्ससँग १–० ले निराश बनेको किरन चेम्जोङको टोली माजिया स्पोर्टस एण्ड रिक्रियशनले आइतबार राती फराकिलो जितका साथ लिगमा पूनःरागमन गरेको छ ।

त्यसक्रममा माजियाले क्लब भ्यालेन्सियामाथि १३–० को फराकिलो जित निकाल्यो । माजियाको जितमा हम्जा मोहम्मद एक्लैले ह्याट्रिकसहित पाँच गोल गरे । माजियाका लागि नैज हसनले पनि ह्याट्रिक पूरा गरे । त्यस्तै टाना डोमिंगेज र कर्निलस स्टिवार्टले समान २–२ गोल गरे भने इब्राहिम असमले थप एक गोल गरेका थिए ।

यो जितपछि ९ खेलबाट २४ अंक जोडेको माजिया शिर्ष स्थानमा यथावत छ । माजियाले आफ्नो आगामी खेल द ग्रान्डेसँग शुक्रबार खेल्ने कार्यक्रम छ । उता पराजित क्लब भ्यालेन्सिया भने ९ खेलबाट १३ अंक मै सिमित छ ।

Post Comments