News सहाराका आठ किशोरहरुको विदाई
उमेश पुन
पोखरा । सुर्य बहादुर के.सी.स्मृती सहारा फुटवल एकेडेमीमा रहेका ८ जना किशोरहरुलाई बिधाई गरिएको छ । प्लस टु सकेका ८ जना किशोरहरुलाई क्लवले एक समारोहका बिच आइतबार विदाई गरेको हो ।
 
करिब ९ बर्ष एकेडेमीमा रहेर फुटवल सहित उच्च शिक्षा हासिल गरेका पोखरा १० का सन्दिप के.सी.,पर्वत कार्कीनेटा ६ का शिशिर क्षत्री, रुकुम कोल २ का कुशल बुढामगर, कास्की कृष्ति २ का निश्चल भण्डारी, चितवन छार्वोव्क ३ का प्रमिश गुरुङ, सुरेखेत विरेन्द्र नगर १२ का कमल सोमई मगर, स्याङजा बाहकोट १ का सन्देस गुरुङ र स्याङजा पन्चमुल ४ निरज बि.क.लाई क्लवले विदाई गरेको हो ।
 
क्लवका सस्थापक अध्यक्ष वसन्त थकाली, मानार्थ सदस्य महेश गुरुङ, क्लवका अध्यक्ष हरिराम गुरुङ(सुरज), निवर्तमान अध्यक्ष केशव थापा, पूर्व अध्यक्ष विक्रम थकाली र विरभद्र आचार्य लगायतले खेलाडीहरुलाई खादा सहित मायाको चिनो प्रदान गर्दै बिधाई गरेका हुन् ।
 
एकेडेमीमा तेश्रो व्याजको रुपमा १६ जिल्लाका २८ जना बालहरु रहे पनि हाल १५ जना रहेको सहारा क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बरालले बताए । आत्म साँक्षी राखी मन, बचन र कर्मले सामाजिक सेवा गरौं भन्ने उद्धेश्यले २०५५ साल भदौं ३० गते सहारा क्लवको स्थापना भएको हो ।
 
पहिलो संस्करण २०५८ सालमा को क्याराभान गोल्ड कप सुरु भएसंगै सहारा एकेडेमी सुरु भएको थियो । कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष थकालीले जहाँ गरिब र बिपन्न बर्गका मानिसहरु रहेका छन उनीहरुको हकहितमा वोल्दै आफुले सकेको सहयोग गर्न एकेडेमीका किशोरहरुलाई सुझाव दिए ।
 
क्लवका मानार्थ सदस्य महेश गुरुङले क्लवले हुर्काएका किशोरहरु जहाँ भए पनि क्लव प्रति आफ्नो भूमिका खेल्न सक्नुपर्ने बताए । उहाँले थप शिक्षा हासिल गर्दा आवश्यक पर्ने सहयोग गर्न समेत आफुहरु तयार रहेको जनाए ।
 
एकेडेमीबाट बिधाई हुदै गर्दा सुरेखेत विरेन्द्र नगर १२ का कमल सोमई मगर भावुक हुदै आफ्नो वाल्यकालको महत्वपूर्ण जीवनमा एकेडेमीले आमा बाबुको माया दिएकोले आफु जहाँ भए पनि एकेडेमी प्रचि चासो दिने बताए ।
 
एकेडेमीले हाल आफ्नो खुट्टामा उभिन सिकाएकोमा क्लव प्रति समेत धन्यवाद दिदै उनले भगवानको रुपमा एकेडेमी रहेको दाबी गरे । आफुहरुलाई आमा बाबुको अभाव हुन नदिने क्लवका पदाधिकारीहरु प्रति र दाताहरु प्रति मगरले आभार समेत व्यक्त गरे ।
 
क्लवका अध्यक्ष हरिराम गुरुङ (सुरज) को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष केशवराज बराल, उपाध्यक्ष चित्र बहादुर पुन लगायतले बोलेका थिए ।
 
यसैबिच क्लवले सहारा एकेडेमीमा मानार्थ सदस्य महेश गुरुङ, सहारा युकेका सल्लाहकारहरु शेरा गुरुङ र भोज बहादुर गुरुङ, रामबजार सोसाइटी युकेका पूर्व अध्यक्ष रुपक गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरासहारा क्लवद्धारा संचालित सहारा एकेडेमीलाई पोखराको व्यावसायिक घराना सूर्यबहादुर केसी परिवारले वार्षिक १५ लाखका दरले १० वर्ष सहयोग गर्ने भएको छ । एकेडेमीको जिम्मेवारी लिएसँग सहारा क्लब एकेडेमीको नाम समेत परिवर्तन भएको क्लवले जनाएको छ ।
Post Comments