News शान्ति मिसनमा फुटबलर शर्मिलाको यात्रा
गोलनेपाल

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबकी भरपर्दो फरवार्ड शर्मिला मगर केही समयका फुटबलबाट टाढा हुने भएकी छिन् । घरेलु फुटबलमा आर्मीका लागि राम्रो प्रदर्शन गर्दा गर्दै उनी शान्ति मिसनका लागि सेन्ट्रल अफ्रिका प्रस्थान गरेकी छिन् ।

शर्मिलाले मिसनमा एक वर्ष काम गर्नुपर्ने आर्मीले जनाएको छ । फुटबलसँगै देशका लागि पनि विदेशमा पुगेर केही गर्नु जिम्मेवारी पाएकोमा शर्मिलाले आफू उत्साहित रहेको प्रतिक्रिया दिईन् । मिसन अवधि भर राम्रो गर्ने र नेपाल कै नाम विश्व सामू चिनाउने आफूले पनि प्रयास गर्ने शर्मिलाले बताईन । मिसनमा रहँदा उनले फुटबललाई भने मिस गर्ने पनि बताईन् ।

 

Post Comments