काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले वर्तमान एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई आफूमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौति दिएका छन् ।
थापाले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि आफूमाथि गलत आरोप लगाइएको र आफूलाई न्याय चाहिएको बताए । हाल फिफाको प्रतिवन्ध झेलिरहेका थापाले एन्फा अध्यक्ष शेर्पाले आफ्नो चरित्रहत्यास गरेको बताउँदै ती आरोपहरु कै कारण आफू र आफ्नो परिवारले मानसिक पिडा भोगिरहेको समेत बताए ।
पत्रकार सम्मेलनमा बोल्दै थापाले आफूमाथि लगाइएको आरोपहरु प्रमाणित गरेर देखाउन शेर्पालाई चुनौति दिए । साथै ती अरोपहरु प्रमाणित गर्न नसके फिफाको विधान बमोजिम आवश्यक कारवाहीका लागि माग गर्ने समेत उनले बताए । त्यसक्रममा थापाले एन्फा अध्यक्ष शेर्पाले आफूमाथि लगाएको आरोपहरुको विभिन्न भिडियो सामाग्रीहरु पनि सार्वजनिक गरेका थिए ।
स्मरण रहोस, नेपालका पूर्व अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका थापालाई आर्थिक अनियमितताको आरोपमा सन् २०१५ मा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कुनै पनि फुटबल गतिविधीमा सामेल हुन नपाउने गरि दश वर्षको प्रतिवन्ध र आर्थिक जरिवाना गरेको थियो ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न