News मकवानपुर गोल्डकप तेस्रो सातादेखि, विजेतालाई १५ लाख
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा यहि जेठ १९ गतेदेखि चौथो स्थानीय तह मकवानपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले प्रतियोगिताबारे जानकारी गराए । प्रतियोगिताका लागि आवश्यक तयारी पनि शुरु भईसकेको अध्यक्ष लामाले बताए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेहरुलाई पनि जनही २५–२५ हजार नगद र ट्रफी पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष लामाले बताए ।

प्रत्येक खेलको म्यान अफ द म्याचले ट्रफी सहित नगद १० हजार हात पार्नेछ भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले हेटौडा स्कुल अफ म्यानेजमेण्टले प्रायोजन गरेको एक थान बुलेट मोटरसाइकल प्राप्त गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रतियोगितामा नेपालमा शिर्ष क्लबसहित कुल १० टोलीहरुको सहभागिता रहनेछ । हेटौडा स्थित पिप्ले क्याम्पा रंगशालामा सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल भने जेठ २८ गतेका दिन हुनेछ ।

Post Comments