काठमाडौं । शानदार जितका साथ झापा फुटबल क्लब यहाँ जारी शहिद स्मारक सी डिभिजन लिगबाट बी डिभिजन लिगमा बढुवा भएको छ । सोमबार भएको खेलमा बिरगंज युथ एकेडेमीलाई शून्यका विरुद्ध ५ गोलले हराउँदै झापा बी डिभिजनमा बढुवा भएको हो ।
खेलमा झापाका लागि पुजन राईले ह्याट्रिकसहित चार गोल गरे । राईले खेलको १३, ६५ र ७४औं मिनटमा तीन गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए भने थप एक गोल इन्जुरी समयमा गरेका थिए । त्यस्तै झापाली टोलीका लागि थप एक गोल सन्तोष लावतीले इन्जुरी समयमै गरेका थिए ।
यो नतिजापछि एक खेल खेल्न बाँकी छँदा १२ खेलबाट ३१ अंक जोडेको झापा शिर्ष स्थानमा छ । दोस्रो र तेस्रो स्थानमा भने समान २८–२८ अंक जोडेका प्लानिङ ब्वाईज र आरसी३२ फुटबल एकेडेमी छन् । बी डिभिजनमा बढुवा हुने दोस्रो टोलीको टुंगो अन्तिम खेलबाटै लाग्नेछ ।
यद्यपि अन्तिम खेलमा झापाले आफू अनुकुल नतिजा निकाल्न नसके पनि हेड टु हेडका आधारमा शिर्ष स्थान मै रहने निश्चित छ । जारी सी डिभिजन लिगबाट झापासँग पराजित बिरगंज युथ र ओएसिस क्लब रेलिगेशनमा परेका छन् ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)