
काठमाडौं । पछिल्ला केही सिजन पर्सिजा जकार्तामा बिताएका नेपालका चर्चित मिडफिल्डर रोहित चन्द आफ्नो नयाँ क्लब पर्सिक केडिरी एफसीमा आवद्ध हुन इण्डोनेसिया पुगेका छन् ।
पर्सिक केडिरीले उनलाई केही साता अघि मात्र क्लबमा अनुबन्ध गरेको कुरा आधिकारिक रुपमा घोषणा गरेको थियो । यद्यपि उनी आफ्नै व्यक्तिगत कारणले गर्दा पछिललने साय नेपाल मै थिए ।
इण्डोनेसिया पुगेका रोहितलाई पर्सिकका समर्थकहरुले विमानस्थल मै भव्य स्वागत गरेका थिए । पर्सिकसँग रोहितको सम्झौता अवधि र रकमबारे भने अहिले आधिकारिक रुपमा खुलाइएको छैन ।
पर्सिजा जकार्तामा सन् २०१७ मा आवद्ध रोहितले क्लबका लागि उत्कृष्ट सिजन बिताउँदै सन् २०१८ मा इण्डोनेसियन लिग उपाधि जितेका थिए भने सोही सिजन उत्कृष्ट खेलाडी समेत बनेका थिए । त्यस्तै सोही वर्ष इण्डोनेसियन प्रेसिडेन्ट कपको उपाधि पनि जितेका रोहितले गत वर्ष जकार्ताका लागि मेनपोरा कप अन्तिम उपाधिका रुपमा जितेका थिए ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय