
हेटौडा । घरेलु टोली बिजय युथ क्लब, हेटौडा यहाँ जारी स्थानीय तह शहिद स्मृति चौथो मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पिप्ले रंगशालामा भएको तेस्रो क्वाटरफाइनलमा विजय युथले नव जनजागृति युवा क्लब, सिमरालाई शून्यका विरुद्ध ३ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
विजय युथको जितमा खेलको ५४औं मिनटमा अमिर श्रेष्ठले पहिलो गोल गरे । ६४औं मिनटमा सञ्जोक राईले त्यो अग्रता दोब्बर पारे । त्यस्तै खेलको अन्तिमतिर इन्जुरी समयमा सुनिल घलानले तेस्रो गोल थप्दै घरेलु टोलीको जित पक्का गरे ।
खेलमा विजय युथका अन्तिम गोलकर्ता सुनिल घलान म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार हात पारे । प्रतियोगिता अन्तरगत बिहीबार नै बेलुका ४ बजे हुने अन्तिम क्वाटरफाइनलमा एभनिर एफसी, क्यामरुन र चर्च ब्वाईज युनाइटेड भिड्ने छन् ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल जेठ ३० गतेका दिन हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा