News एभनिरको जितसँगै सेमिफाइनल समिकरण पूरा
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । एकतर्फी जित निकाल्दै पाहुना टोली एभनिर एफसी, क्यामरुन यहाँ जारी स्थानीय तह शहिद स्मृति चौथो मकवानपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार पिप्ले रंगशालामा भएको अन्तिम क्वाटरफाइनलमा एभनिरले बी डिभिजन लिग च्याम्पियन चर्च ब्वाईज युनाइटेडमाथि ४–० को एकतर्फी जित निकाल्यो । एभनिरले अब सेमिफाइनलमा जेठ २८ गते त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ ।

खेलमा एभनिरका बिल्ले म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार हात पारे । त्यस्तै जेठ २७ गते शुक्रबारको पहिलो सेमिफाइनल खेल नेपाल पुलिस क्लब र घरेलु टोली विजय युथ क्लबबीच हुने आयोजकले जानकारी दियो ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल जेठ ३० गतेका दिन हुनेछ ।

 

Post Comments