News छैटौं नेपाल आइस शुभकामना गोल्डकपको खेल तालिका सार्वजनिक
उमेश पुन

पोखरा । आउँदो असार पहिलो सातादेखि शुरु हुन गईरहेको छैटौं नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक हेमजा युनाइटेड र विरगंज युनाइटेड भिड्ने भएका छन् ।

आयोजक क्लबले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरि खेलतालिका समेत सार्वजनिक गरेको छ । प्रतियोगितामा स्वदेशी र विदेशी गरी कुल ८ टोलीहरुको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष इन्द्र कुँवरले जानकारी दिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख प्राप्त गर्नेछन् भने उपविजेताले नगद ३ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ताले २५ हजार तथा अन्य विद्यागततर्फ उत्कृष्ट हुनेले जनही २०–२० हजार पाउने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

आगामी असार ४ गतेदेखी ११ गतेसम्म चल्ने प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको क्लबका अध्यक्ष कुवँरले जानकारी दिए । प्रतियोगिता २ वर्ष अघि गर्ने योजना बनाएपनि विभिन्न कारणवश त्यो सम्भव हुन नसकेको क्लबले बतायो । यद्यपि अब प्रतियोगितालाई निरन्तर आयोजना गर्ने योजनामा रहेको पनि क्लबले कार्यक्रममा जानकारी गरायो ।

 

Post Comments