News
वैवाहिक बन्धनमा बाँधिए सरोज
काठमाडौं । विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबका पूर्व खेलाडी तथा महत्वपूर्ण सदस्य सरोज कोइराला वैवाहिक बन्धनमा बाँधिएका छन् ।
दुई वर्ष अगाडी आफ्नो र परिवारको भविष्यका लागि घरेलु फुटबललाई त्यागेर दुबई पुगेका सरोज हालै नेपाल फर्किएका थिए । सरोजले काठमाडौं निवासी प्रेमिका शर्मिला केसीसँग शुक्रबार वैवाहिक बन्धनमा बाँधिएको कुरा सुनाए । उनका अनुसार दश वर्षे लामो प्रेमसम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् ।
उनले श्रीमतीलाई पनि दुबई नै लैजाने योजना रहेको पनि सुनाए । यद्यपि उनले विदेशमा रहेर पनि फुटबल मोहलाई भने त्याग्न नसकेको स्वीकार गरे । फुटबल मैदानमा डिफेन्डरको भूमिकामा उत्रिने सरोजका अनुसार दुबईमा पनि न्यु ब्वाईज एफसीबाट नियमित जसो फुटबल खेलिरहेको बताए ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न