
हेटौडा । साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लब यहाँ जारी स्थानीय तह शहिद स्मृति चौथो मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार सम्पन्न प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आर्मीले एभनिर एफसी, क्यामरुनलाई पेनाल्टी शुटआउटमा ११–१० ले हरायो । त्यसअघि पिप्ले रंगशालामा सम्पन्न निर्धारित समयको खेल दुवै टोलीले १–१ को बराबरी खेलेका थिए ।
दोस्रो हाफको शुरुवाततिर दिनेश हेन्जनको गोलबाट अग्रता लिएको आर्मीले त्यो अग्रतालाई अन्तिम समयमा गुमाउन पुग्यो । अन्तिमतिर इन्जुरी समयमा एभनिरका लागि डिजिकाले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।
पेनाल्टी शुटआउटमा दुवै पक्षबाट १४–१४ पेनाल्टी प्रहार भएका थिए । जसमा अन्ततः आर्मीले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । खेलमा आर्मीका दिनेश हेन्जन म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार हात पारे ।
आर्मीले अब फाइनलमा जेठ ३० गते सोमबारका दिन घरेलु टोली विजय युथ क्लब, हेटौडाको सामना गर्नेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा