News कुवेत विरुद्ध इतिहास रचेका दर्शन
गोलनेपाल

काठमाडौं । एएफसी एसियन कप छनौटतर्फ समूह चरणको दोस्रो खेलमा नेपालले आयोजक कुवेतसँग ४–१ ले पराजित भए पनि एउटा इतिहास रच्न भने सफल भएको छ ।

शनिबार राती कुवेत सिटीमा सम्पन्न खेलमा नेपालका लागि इन्जुरी समयको ९०+४औं मिनटमा युवा फरवार्ड दर्शन गुरुङले एक गोल फर्काए । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका दर्शनको त्यो गोलले नेपालको हार नजोगिए पनि ऐतिहासिक गोल भने बन्न पुग्यो ।

कुवेत विरुद्ध दर्शनको त्यो गोल चार दशकपछिको पहिलो गोल थियो । अर्थात् कुवेत विरुद्ध नेपालले ४० वर्षपछि गोल फर्काउन सफल भयो । स्मरण रहोस, नेपालले कुवेत विरुद्ध अन्तिमपटक सन्् १९८२ को पहिलो गोल गरेका थियो । नेपाल र कुवेत विच अन्तर्राष्ट्रिय फुटबलमा त्यो पहिलो भेट समेत थियो ।

भारतको नयाँ दिल्लीमा सम्पन्न सन् १९८२ को एसियन गेम्सको पुरुष फुटबलमा कुवेत विरुद्ध नेपालले पहिलो गोल गरेको थियो । त्यतिबेला नेपालका लागि वाई.बी. घेलेले गोल गरेका थिए । सो खेलमा नेपाल ३–१ ले पराजित भएको थियो । अहिले त्यहि इतिहासलाई दर्शनले रच्न सफल भए ।

Post Comments