News माल्दिभ्सको सान्त्वना जित, बंगलादेश तेस्रो खेलमा पनि निराश
गोलनेपाल

काठमाडौं (एजेन्सी) । एएफसी एसियन कप छनौटतर्फ भारत बाहेक दक्षिण एसियाका अन्य टोलीहरुको प्रदर्शन र नतिजा बिर्सनलायक रह्यो । मंगलबार समूह सी तर्फ आफ्नो अन्तिम खेलमा माल्दिभ्सले सान्त्वना जित हात पार्यो ।

उज्वेकिस्तानमा जारी समूह सी को खेलतपर्ः शुरुवाती दुई खेल हारेर प्रतियोगिताबाट बाहिरिसकेको माल्दिभ्सले मंगलबार अर्को दक्षिण एसियाली राष्ट्र श्रीलंकामाथि १–० को जित निकाल्यो । माल्दिभ्सको जितमा खेलको ६३औं मिनटमा हम्जा मोहम्मदले एक मात्र निर्णायक गोल गरे ।

समूह सी बाट ३ अंक जोडेको माल्दिभ्स तेस्रो स्थानमा रह्यो भने अंकविहीन श्रीलंका पुछारमा रह्यो । उता सोही समूहमा रहेका आयोजक उज्वेकिस्तान र थाइल्याण्ड एक खेल बाँकी छँदै समान ६–६ अंकका साथ आगामी वर्ष हुने एसियन कपका लागि समूह विजेता र उत्कृष्ट उपविजेताका रुपमा छनौट हुन सफल भए ।

बंगलादेश तेस्रो खेलमा पनि पराजित

त्यस्तै अर्को दक्षिण एसियाली राष्ट बंगलादेशले पनि छनौट प्रतियोगितामा सुखद समापन गर्न सकेन । समूह ई मा रहेको बंगलादेशले आफ्नो अन्तिम खेलमा पनि मंगलबार आयोजक मलेसियासँग ४–१ को हार बेहोर्यो ।

समूह ई बाट ९ अंक जोडेको बहराईन एसियन कपका लागि सोझै छनौट भयो भने ६ अंक जोडेको मलेसिया उत्कृष्ट उपविजेता टोलीका लागि एसियन कपको टिकट काट्न सफल भयो । सोही समूहमा रहेको तुर्कमेनिस्तान र बंगलादेश भने समूह चरणबाटै बाहिरिए ।

Post Comments