काठमाडौं । एएफसी एसियन कप छनौटतर्फ नेपाल कै समूहमा रहेको जोर्डन शतप्रतिशत जितका साथ समूह ए बाट एसियन कपका लागि छनौट भएको छ ।
समूह चरणको अन्तिम खेलमा जोर्डनले मंगलबार राती आयोजक कुवेतमाथि ३–० को जित निकाल्दै शतप्रतिशत जितका साथ एसियन कपका लागि छनौट भएको हो । स्मरण रहोस, जोर्डनले आफ्नो पहिलो खेलमा नेपाललाई २–० ले हराएको थियो भने दोस्रो खेलमा इण्डोनेसियालाई १–० ले पराजित गरेको थियो ।
जोर्डनसँगको हारले कुवेतको एसियन कपमा छनौट हुने सम्भावना समाप्त भएको छ र नेपालसँगै समूह चरणबाटै बाहिरिएको छ । समूह ए मा ९ अंक जोडेको जोर्डन शिर्ष स्थानमा छ ।
त्यस्तै ३ अंक जोडेको कुवेत तेस्रो स्थानमा छ । समान ३ अंक जोडेको इण्डोनेसिया दोस्रो स्थानमा छ । इण्डोनेसियाले आज मध्यरात मै हुने समूह चरणको अन्तिम खेलमा नेपाललाई हराए उत्कृष्ट दोस्रो स्थान हासिल गर्ने पाँचौं टोलीका रुपमा एसियन कपका लागि छनौट हुनेछ ।
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट