News अर्किड र गोठाटारलाई एसइइ कपको उपाधि
गोलनेपाल

काठमाडौं । अर्किड स्कुलले प्रथम हाइली एसइइ कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । गोठाटारस्थित आयोजक हाइली क्रिएटिभ इङलिस स्कुलमा भएको ब्वाइजको फाइनलमा अर्किडले बाल गीताञ्जलीलाई २–० गोलले पराजित गर्यो ।

अर्किडका शितल कार्की र योगेश विष्टले समान १–१ गोल गरे । शितल फाइनलको ‘म्यान अफ द म्याच’ घोषित भए ।

प्रतियोगितामा अर्किडका अमन कार्की उत्कृष्ट गोलरक्षक तथा अर्किडकै दिल तामाङ उत्कृष्ट प्रशिक्षक चुनिएको अर्किडका सञ्चालक प्रेमकुमार भुजेलले जनाएका छन् ।

गल्र्सतर्फको फाइनलमा गोठाटार इङलिस बोर्डिङ स्कुलले मानाङ्क चिल्डे«न प्याराडाइसलाई १–० गोलले हराउदै उपाधि जित्न सफल भयो ।

 

Post Comments