News एभनिरलाई भलुवा गोल्डकपको उपाधि
गोलनेपाल

दुहबी । अफ्रिकी टोली एभनिर फुटबल क्लब, क्यामरुनले सोमबार सम्पन्न आठौं भलुवा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

भलुवा खेलमैदानमा सम्पन्न प्रतिस्पर्धात्मक फाइनल खेलमा एभनिरले रारा फुटबल क्लब, धनकुटामाथि १–० को साँघुरो र कठिन जित निकाल्यो । खेलको ७४औं मिनटमा सेम सेमले गरेको एक मात्र गोल एभनिरलाई जिताउन निर्णायक बन्यो ।

विजेता बनेको एभनिरले उपाधिसहित नगद ३ लाख हात पार्यो भने उपविजेता रारा एफसीले १ लाख ५० हजारमा चित्त बुझायो । विजयी खेलाडीहरुलाई प्रमुख अतिथी पूर्व मन्त्री विजय कुमार गच्छदारले पुरस्कृत गरे ।

श्री गोल्डेन स्टार युथ क्लबको आयोजना तथा दुहबी नगरपालिका, सुनसरीको संयोजनमा गत जेठ २८ गतेदेखि शुरु प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments