News एन्फाका दुई सदस्यका लागि फेरि निर्वाचन हुने
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार सम्पन्न केन्द्रिय निर्वाचनबाट पूर्ण कार्यसमिति सदस्यको टुंगो नलागेपछि थप दुई सदस्य पदका लागि फेरि निर्वाचन भएको छ ।

सोमबार सम्पन्न निर्वाचनबाट केन्द्रिय सदस्यका लागि १३ जना हुनुपर्नेमा ११ जनाको मात्र टुंगो लाग्यो । त्यसमा दिपेश थापा क्षेत्री, रुपेश अधिकारी, दिपेन्द्र धिमाल र लोकेन्द्र गुरुङले समान ३९–३९ मत प्राप्त गरे । अब यी चार जना मध्येबाट थप दुई सदस्यको टुंगो एन्फाको आगामी बैठकबाट गरिने एन्फा स्रोतले जनाएको छ ।

त्यस्तै महिलातर्फ भने सरिला श्रेष्ठ र पेमा डोल्मा लामा कार्यसमिति सदस्यका लागि निर्वाचित भएका छन् । यी दुवैले क्रमशः ४६ र ४३ मत प्राप्त गरेका थिए । श्रेष्ठ पंकज नेम्वाङ प्यानलकी हुन् भने लामा कर्मा छिरिङ शेर्पा प्यानलकी हुन् ।

स्मरण रहोस, सोमबार राती सम्पन्न एन्फाको केन्द्रिय निर्वाचनमा पंकज नेम्वाङ नयाँ अध्यक्षका रुपमा निर्वाचित भएका थिए । उनले निकटतम प्रतिद्वन्द्वी कर्मा छिरिङ शेर्पालाई ४५–३९ मतको आधारमा हराएका थिए ।

 

 

Post Comments