News स्टार फुटबलर साबित्रालाई विशेष अवार्ड
गोलनेपाल

काठमाडौं । नेपाली महिला फुटबलमा आफूलाई स्टार फुटबलरका रुपमा परिचित बनाईसकेकी साबित्रा भण्डारीले प्रतिष्ठित एनओसी अवार्ड हात पारेकी छिन् ।

नेपाल ओलम्पिक कमिटीले ‘ओलम्पिक दिवस’ को अवसर पारेर साबित्रालाई सो अवार्डद्वारा सम्मानित गरेको हो । स्मरण रहोस, आधुनिक ओलम्पिकको स्थापना भएको दिन जुन २३ लाई ओलम्पिक दिवसका रुपमा मनाउँदै आइएको छ ।

घरेलु फुटबलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबबाट व्यवसायीक फुटबल खेल्दै आएकी साबित्रा केही महिना अघि मात्र लामो समयको चोटपश्चात मैदानमा फर्किएकी थिईन् । अन्तर्राष्ट्रिय फुटबलमा पनि नेपालका लागि उत्कृष्ट प्रदर्शन गरिरहेकी साबित्राले केही सिजन भारतको चर्चित इण्डियन वुमन्स लिगमा पनि खेलेकी थिईन । र उपाधि समेत जितेकी थिईन् ।

त्यस्तै यो अवार्डको वर्षको उत्कृष्ट पुरुष खेलाडीमा ब्याडमिण्टनका प्रिन्स दहाल र महिलातर्फ पौडीकी गौरिका सिंह घोषित भईन् । त्यसैगरी उत्कृष्ट प्रशिक्षकतर्फ गल्फका दिपक मगर र महिला प्रशिक्षकतर्फ तेक्वान्दोकी संगिना वैद्यले अवार्ड हात पारिन् ।

 

Post Comments