News स्पोर्टस अवार्डलाई सहारा क्लबको पनि साथ
सुदर्शन रञ्जित

पोखरा । सहारा क्लब पोखराले छैटौं संस्करणको पोखरा स्पोटर्स अवार्ड २०७८ लाई सघाउने भएको छ ।

बिहिबार सहारा क्लब पोखराका अध्यक्ष हरीराम गुरुङ (सुरज) र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालबिच सम्झौता आदान प्रदान भयो ।

सम्झौता अनुसार सहाराले पोखरा स्पोटर्स अवार्ड अन्र्तगत उदीयमान खेलाडीको पुरस्कार प्रायोजन गर्ने भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । उदीयमान खेलाडीको पुरस्कार नगद ३५ हजार रुपैयाँ रहेको छ ।

विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर असार १८ गते पोखरा उद्योग वाणिज्य संघको हलमा हुने पोखरा स्पोटर्स अवार्ड २०७८ कार्यक्रम मार्फत मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने मञ्चका महासचिव पौडेलले बताए । मञ्चले अवार्ड कार्यक्रमको तयारीलाई तिव्रता दिएको छ ।

 

Post Comments