News किरनको टोली माजियाको लगातार दोस्रो जित
गोलनेपाल

काठमाडौं । माल्दिभ्समा व्यवसायीक फुटबल खेलिरहेका नेपालका चर्चित गोलरक्षक किरन चेम्जोङको टोली माजिया स्पोर्टस एण्ड रिक्रियशनले लगातार दोस्रो जित हात पारेको छ ।

आफ्नो पहिलो खेलमा टिसी स्पोर्टसमाथि ४–० को जित निकाल्दै लिगको शुरुवात गरेको माजियाले आइतबार राती सुपर युनाइटेड स्पोर्टसलाई ३–२ ले हरायो ।

माजियाको जितमा ताना डोमिंगेज, नैज हसन र नेमान्जा कार्टलले गोल गरे । लगातार दुई जित हात पारेको माजियाले २ खेलबाट ६ अंक जोड्न सफल भएको छ । उता पहिलो खेलमा ग्रीन स्ट्रिटसँग पराजित सुपर युनाइटेड भने अझै अंकविहीन छ ।

 

 

Post Comments