News प्रिमियरमा फुटसल प्रतियोगिताको तयारी
गोलनेपाल

काठमाडौं । प्रिमियर इन्टरनेसनल आईबी इन्टरनेसनल स्कुलको आयोजनामा प्रथम एसइइ कपअन्तर्गत फुटसल प्रतियोगिता असार २६ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा बढीमा २४ टिमलाई मात्र सहभागी गराइने प्रतियोगिता संयोजक राजु श्रेष्ठले जानकारी दिए । उपाधि विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

इच्छुक टोलीहरुका टिमदर्ता शुल्क ५ हजार तोकिएको छ । आयोजक स्कुलले एसइइ कप अन्तरगत बास्केटबल प्रतियोगिताको पनि आयोजना गर्ने जानकारी दियो ।

 

Post Comments