News तनहुँमा यु–१८ र भेट्रान्स कप हुँदै
सुरज राना मगर

भिमाद । नेपाल युनाइटेड फुटबल क्लब, भिमाद, तनहुँको आयोजनामा यु–१८ र भेट्रान्स कप सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

तनहँु स्थित भिमाद रंगशालामा आउँदो साउन १ गतेदेखि ५ गतेसम्म हुन गईरहेको प्रतियोगिताको आवश्यक तयारी पनि शुरु भईसकेको प्रतियोगिता संयोजक किशोर पन्तले जानकारी दिए ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक टोलीहरुका लागि यु–१८ तर्फ टिम दर्ता शुल्क २५ सय तोकिएको छ भने भेट्रान्सतर्फ ४ हजार तोकिएको छ । साथै टिम दर्ता गर्ने मिति यहि असार २८ देखि ३१ गतेसम्म रहेको पनि संयोजक पन्तले बताए ।

प्रतियोगितातर्फ यु–१८ र भेट्रान्सतर्फ समान पुरस्कार राशी राखिएको छ । विजेताले उपाधिसहित नगद २२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ११,१११ रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरुको निश्चित उमेर हदबन्दी पनि तोकिएको छ । यु–१८ प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरुको जन्ममिति २०६१ साल माथि हुनुपर्नेछ भने भेट्रान्सतर्फका खेलाडीहरु ३३ वर्ष पुरा भएको हुनुपर्ने संयोजक पन्तले बताए ।

 

 

Post Comments