काठमाडौं (एजेन्सी) । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र उपाध्यक्ष मिचेल प्लाटिनीलाई स्वीजरल्याण्डको एक अदालतले आर्थिक अनियमितताको आरोपमा निर्दोष घोषणा गरेको छ ।
स्मरण रहोस, सन् २०११ मा भएको एउटा आर्थिक लेनदेनको विषयमा ब्लाटर र प्लाटिनीले मुद्दा खेप्दै आएका थिए । त्यतिबेला ब्लाटरले प्लाटिनीलाई २ मिलियन स्वीस फ्रान्क दिएका थिए । यद्यपि यी दुवैले त्यो लेनदेन कुनै गलत मनसायका लागि नभएर कामकाज कै रुपमा भएको बताएका थिए ।
शुक्रबार अदालतले निर्दोष घोषणा गरेपछि ८६ वर्षिय ब्लाटर खुशी देखिए । उनले प्रतिक्रिया दिंदै जिवनमा आफू कुनै कारणवश निर्दोष नभए तापनि यो मुद्दामा आफू पूर्ण निर्दोष रहेको बताए ।
स्मरणीय छ, ब्लाटरसँगै युइएफएका पूर्व अध्यक्ष समेत रहेका ६७ वर्षिय प्लाटिनीलाई आर्थिक अनियमितताको आरोपमा सन् २०१५ मा फुटबलको कुनै पनि गतिविधीमा संलग्न हुन नपाउने गरी प्रतिवन्ध लगाइएको थियो ।
Former Fifa president Sepp Blatter and vice-president Michel Platini have both been found not guilty following their fraud trial in Switzerland.
— BBC Sport (@BBCSport) July 8, 2022
The pair stood trial over a payment of 2m Swiss francs (£1.6m) made by Blatter to Platini in 2011.
More ⬇️ #BBCFootball
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै