News पूर्व फिफा अध्यक्ष ब्लाटर र उपाध्यक्ष प्लाटिनी निर्दोष रहेको अदालतको निर्णय
गोलनेपाल

काठमाडौं (एजेन्सी) । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र उपाध्यक्ष मिचेल प्लाटिनीलाई स्वीजरल्याण्डको एक अदालतले आर्थिक अनियमितताको आरोपमा निर्दोष घोषणा गरेको छ ।

स्मरण रहोस, सन् २०११ मा भएको एउटा आर्थिक लेनदेनको विषयमा ब्लाटर र प्लाटिनीले मुद्दा खेप्दै आएका थिए । त्यतिबेला ब्लाटरले प्लाटिनीलाई २ मिलियन स्वीस फ्रान्क दिएका थिए । यद्यपि यी दुवैले त्यो लेनदेन कुनै गलत मनसायका लागि नभएर कामकाज कै रुपमा भएको बताएका थिए ।

शुक्रबार अदालतले निर्दोष घोषणा गरेपछि ८६ वर्षिय ब्लाटर खुशी देखिए । उनले प्रतिक्रिया दिंदै जिवनमा आफू कुनै कारणवश निर्दोष नभए तापनि यो मुद्दामा आफू पूर्ण निर्दोष रहेको बताए ।

स्मरणीय छ, ब्लाटरसँगै युइएफएका पूर्व अध्यक्ष समेत रहेका ६७ वर्षिय प्लाटिनीलाई आर्थिक अनियमितताको आरोपमा सन् २०१५ मा फुटबलको कुनै पनि गतिविधीमा संलग्न हुन नपाउने गरी प्रतिवन्ध लगाइएको थियो ।

Post Comments