News साबित्रा फेरि गोकुलम केरलामा आवद्ध
गोलनेपाल

काठमाडौं । चोटका कारण लामो समय मैदान बाहिर रहेर हालै सक्रिय फुटबलमा फर्किएकी नेपालकी चर्चित फरवार्ड साबित्रा भण्डारी फेरि भारतीय क्लब गोकुलम केरला एफसीमा आवद्ध भएकी छिन् ।

केरलामा साबित्राको यो दोस्रो स्पेल पनि हुनेछ । यसअघि साबित्राले सन् २०२० मा पनि केरलाका लागि खेलेकी थिईन् । त्यतिबेला गोकुलम केरलालाई पहिलोपटक हिरो महिला आई लिग च्याम्पियन बनाउन साबित्राले अहम भूमिका खेलेकी थिईन् ।

भारतीय शिर्ष लिगमा साबित्राको यो समग्रमा तेस्रो सिजन हुनेछ । त्यसअघि साबित्राले सन् २०१८–१९ को सिजन सेथु एफसीका लागि खेलेकी थिईन् । सेथुका लागि खेल्दा पनि उनले क्लबलाई लिग च्याम्पियन बनाएकी थिईन् ।

गोकुलम केरलाले साबित्रालाई अनुबन्ध गरेको कुरा आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत समेत घोषणा गरेको छ । क्लबका अनुसार साबित्रा पूरा सिजनका लागि अनुवन्ध भएकी हुन् ।

फेरि गोकुलम केरला मै आवद्ध भएपछि साबित्राले खुशी व्यक्त गरेकी छिन् । उनले आफ्नो क्लबलाई एएफसी महिला च्याम्पियनसिपको उपाधि जिताउने र नयाँ उचाईमा पुर्याउने लक्ष्य रहेको बताएकी छिन् । साथै गोकुलम केरला आफ्नो दोस्रो घरका रुपमा रहेको समेत प्रतिक्रिया दिएकी छिन् ।

 

Post Comments