News लालीगुराँस एफसी क्वाटरफाइनलमा
गोलनेपाल

लालीगुराँस एफसी, हरैया रुपन्देहीमा जारी छैठौं चाँदनी कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

कञ्चन गाउँपालिका–१, दानापुर तालस्थित चाँदनी फुटबल मैदानमा सम्पन्न बुधबारको खेलमा लालीगुराँसले सेभेन स्टार एफसी, बुटवललाई २–० ले हरायो । लालीगुराँसको जितमा मिलन गुरुङ र मोहन थापाले गोल गरे ।

बुधबारको खेलको म्यान अफ द म्याच लालीगुराँसका मिलन गुरुङ घोषित भए । प्रतियोगिता अन्तरगत असोज १८ गते बिहीबारको खेल गोर्खा ब्वाईज क्लब, बुटवल र कञ्चन युवा क्लब, बेलडाँडाबीच हुने आयोजक क्लबका सचिव जुक्त थापाले जानकारी दिए ।

चाँदनी युवा क्लब, कञ्चन गाउँपालिका–१ दानापुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख एक सय प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार पचास रुपैया प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित दुई टोलीलाई जनही १२–१२ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यस्तै उत्कृष्ट व्यक्तिगत विधातर्फका खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल आउँदो असोज ३१ गते हुनेछ ।

Post Comments