News दोस्रो थाङ्गदी कप साउन तेस्रो सातादेखि
गोलनेपाल

तनहुँ । श्री वरपिपल युवा क्लब, थाङ्गदी, तनहुँको आयोजनामा दोस्रो थाङ्गदी कप सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता यहि साउन २२ गतेदेखि शुरु हुने भएको छ ।

म्याग्दे–५ थाङ्गदी स्थित स्थानीय खेलमैदानमा साउन २७ गतेसम्म चल्ने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु भईसकेको आयोजकले जानकारी दियो । प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक टोलीहरुका लागि टिमदर्ता शुल्क ५ हजार तोकिएको पनि आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६० हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उत्कृष्ट हुने खेलाडीहरुलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

 

Post Comments