News डेनमार्कको डाना कपमा लक्ष्मी र मेरिनालाई जिम्मेवारी
गोलनेपाल

काठमाडौं । वार्षिक रुपमा आयोजना विश्व कै ठूलो फुटबल प्रतियोगिता मध्ये एक डेनमार्कको प्रतिष्ठित डाना कपमा निर्णायकको भूमिका निभाउन दुई महिला रेफ्री त्यसतर्फ प्रस्थान गरेका छन् ।

महिला रेफ्रीद्वय लक्ष्मी श्रेष्ठ र मेरिना धिमाल डेनमार्कको उत्तरी जुटल्याण्डमा यहि जुलाई २५ देखि ३० तारीखसम्म हुन गईरहेको डाना कपमा सहभागि हुन शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

हरेक वर्षको जुलाई अन्तिमतिर वार्षिक रुपमा आयोजना हुँदै आएको यो युथ फुटबल प्रतियोगितामा सन् २००८ मा विश्वभरिबाट २५ हजार भन्दा बढी खेलाडीहरुले सहभागिता जनाएको रेकर्ड पनि छ ।

डेनमार्कको उक्त प्रतिष्ठित प्रतियोगितामा सहभागि हुन पाउने भएपछि दुई महिला रेफ्रीद्वय श्रेष्ठ र धिमाल खुशीसँगै उत्साहित पनि देखिए । दुवैले यो सहभागिता व्यक्तिगत मात्र नभई देशकै प्रतिष्ठा र पहिचानसँग पनि जोडिएकाले आफूहरुले राम्रो गर्ने पनि प्रतिक्रिया दिए ।

 

Post Comments