News एन्फा रेफ्री खड्गीको शल्यक्रिया सम्पन्न
गोलनेपाल

काठमाडौं । एन्फा रेफ्री रोजेन्द्र खड्गीको एसिएल सर्जरी सफलताका सम्पन्न भएको छ । उनको शल्यक्रिया काठमाडौं स्थित बीएण्डबी अस्पतालमा सफलतापूर्वक सम्पन्न भएको हो । साथै उनी अस्पतालबाट शुक्रबार मात्र डिस्चार्ज भएको समेत जानकारी दिए ।

स्मरण रहोस, रेफ्री खड्गीले आफ्नो स्वास्थ्य उपचारका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सहयोगको लागि आग्रह गरेका थिए । यद्यपि उनले शल्यक्रिया वापत लागेको सबै खर्च आफूले नै व्यहोरेको बताए । साथै एन्फाले यसबारे केही सहयोग गर्नेमा आफू आशावादी रहेको पनि प्रतिक्रिया दिए ।

खड्गीका अनुसार एन्फाले आफूलाई केही सहयोग गर्ने प्रतिवद्धता जनाएकोले बताए । त्यति मात्र नभएर रेफ्री खड्गीका अनुसार रेफ्री संघले पनि उनको स्वास्थ्य उपचारमा आर्थिक रुपमा सहयोग गरेको बताए । उनले आफू पूर्ण रुपमा फिट हुन केही समय लाग्ने बताए । 

Post Comments