
काठमाडौं । शनिबारदेखि शुरु इण्डोनेसियन शिर्ष लिग लिगा वानको नयाँ सिजनमा रोहित चन्दको टोली पेर्सिक केडिरी एफसीले खराश शुरुवात गरेको छ ।
सोमबार भएको आफ्नो पहिलो खेलमा पेर्सिकले पेर्सिता टंगेरांगसँग ०–२ को स्तब्धपुर्ण हार बेहोर्यो । पेर्सिताको जितमा खेलको पहिलो मिनटमै अर्जेन्टिनी फरार्ड रामिरो फेर्गोन्जीले पहिलो गोल गरे । त्यस्तै ५६औं मिनटमा इण्डोनेसियन फरवार्ड विल्डन रामधनीले दोस्रो गोल गर्दै पेर्सिताको जित सुनिश्चित गरे ।
खेलमा रोहितले टोलीको पहिलो रोजाई मै रहेर खेलेका थिए । यद्यपि टोलीलाई हारबाट भने जोगाउन सकेनन् । पेर्सिकले आफ्नो आगामी खेल आइतबार भयंगकारासँग खेल्नेछ ।
यो नतिजासँगै अंकविहीन पेर्सिक रेलिगेशन क्षेत्रको १६औं स्थानमा छ । पहिलो चरणको खेल समाप्त हुँदासम्म लिगतालिको शिर्ष स्थानमा भने मदुरा युनाइटेड रहेको छ । पुछारमा भने बारिटो पुतेरा रहेको छ ।
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने
- एएफसी च्याम्पियन्स लिग इलिटः अल हिलालको चुनौति सेमिफाइनलबाटै समाप्त
- एएफसी यु–२० महिला एसियन कप छनौटतर्फ समूह ए मा नेपाल
- उज्वेकिस्तानलाई एएफसी यु–१७ एसियन कपको उपाधि