News बंगलादेशको पनि विजयी शुरुवात
गोलनेपाल

काठमाडौं । भारतमा शुरु साफ यु–२० च्याम्पियनसिपमा बंगलादेशले पनि महत्वपूर्ण जितका साथ प्रतियोगितामा विजयी शुरुवात गरेको छ । सोमबार कालिंगा स्टेडियममा सम्पन्न दोस्रो खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले हराउँदै विजयी शुरुवात गरेको हो ।

बंगलादेशको जितमा खेलको ७१औं मिनटमा बक्सभित्रबाट वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मिराजुल इस्लामले गरेको एक मात्र गोल टोलीलाई महत्वपूर्ण जित र तीन अंक दिलाउन निर्णायक बन्यो ।

बंगलादेशले आफ्नो दोस्रो खेल बुधबार आयोजक तथा डिफेन्डिङ च्याम्पियन भारतसँग खेल्नेछ । त्यस्तै सोही दिन दोस्रो खेलमा श्रीलंका र नेपाल पनि आमने सामने हुनेछन् ।

राउण्ड रोबिन लिगका आधारमा जारी प्रतियोगितामा दक्षिण एसियाका पाँच टोलीहरु सहभागि छन् । लिग चरणको शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल ५ अगस्तका दिन हुनेछ ।

 

Post Comments