काठमाडौं । इण्डोनेसियन लिगा वानको नयाँ सिजनमा रोहित चन्दको टोली पेर्सिक केडिरीले पहिलो अंक जोडेको छ । आइतबार भएको भयङ्कारा विरुद्धको खेलमा १–१ को बराबरी खेलेपछि पेर्सिकले पहिलो अंक जोडेको हो ।
खेलमा शुरुवाती अग्रता जोगाउन नसकेको पेर्सिकले बराबरीमा चित्त बुझाउनु पर्यो । खेलको १५औं मिनट मै रेनन सिल्वाको पेनाल्टी गोलबाट पेर्सिकले खेलमा अग्रता लिएको थियो । तर पहिलो हाफ कै ३६औं मिनटमा युसेफ इजेजारीले मयङ्काराका लागि बराबरी गोल फर्काएका थिए ।
खेलमा रोहितले टोलीको पहिलो रोजाई मै रहेर मैदानमा उत्रिएका थिए । यद्यपि टोलीलाई पहिलो जित दिलाउन भने सकेनन् । खेलको ३३औं मिनटमा रोहितले पहेंलो कार्डको समेत सामना गरेका थिए ।
यो नतिजापछि २ खेलबाट १ अंक जोडेको पेर्सिक १६औं स्थानमा छ । उता भयङ्कारा २ अंकका साथ १२औं स्थानमा छ । पेर्सिकले आफ्नो आगामी खेल शनिबार शिर्ष स्थानको टोली मदुरा युनाइटेडसँग खेल्नेछ ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न