News भारतसँग निरीह बन्यो नेपाल
गोलनेपाल

काठमाडौं । साफ यु–२० च्याम्पियनसिपमा महत्वपूर्ण मानिएको खेलतर्फ नेपालले आइतबार आयोजक तथा साविक विजेता भारतसँग लज्जाजनक हार बेहोरेको छ । भुवनेश्वर स्थित कालिंगा स्टेडियममा सम्पन्न खेलमा नेपालले भारतसँग ०–८ को फराकिलो हार बेहोरेको हो ।

यो हारले नेपालको फाइनल प्रवेशको सम्भावना पनि कठिन बनेको छ । तीन खेलको समाप्ती पश्चात् नेपाल र भारतको समान ६–६ अंक छ । उता शतप्रतिशत जित निकालेको बंगलादेश भने ९ अंकका साथ शिर्ष स्थानमा छ ।

लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले अब बलियो आँकिएको बंगलादेशससँग मंगलबार खेल्नेछ । त्यस्तै भारतले सोही दिन प्रतियोगिताबाट बाहिरिसकेको र तुलनात्मक रुपमा कमजोर आँकिएको माल्दिभ्सको सामना गर्नेछ ।

स्मरण रहोस, आइतबार नै भएको पहिलो खेलमा श्रीलंका र माल्दिभ्सले १–१ गोलको बराबरी खेलेका थिए । यद्यपि यो नतिजाले यी दुवै टोलीका लागि केही अर्थ भने राख्ने छैन । आइतबारको नतिजापछि श्रीलंका र माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएका छन् ।

Post Comments