News माजिया च्याम्पियन, किरन बने ‘बेस्ट’
गोलनेपाल

काठमाडौं । नेपालका चर्चित गोलरक्षक किरन चेम्जोङ आवद्ध माजिया स्पोर्टस एण्ड रिक्रियशनले लगातार दोस्रोपटक माल्दिभ्सको शिर्ष लिग दिवेही प्रिमियर लिगको उपाधि जितेको छ । लिग उपाधि यसअघि नै जितिसकेको माजियाले सोमबार लिगको अन्तिम खेलमा क्लब इगल्समाथि ३–० को उत्कृष्ट जित निकाल्यो र सिजनको समापन शानदार रुपमा गर्यो ।

माजियाको जितमा असदुल्ला अब्दुलाले दुई गोल गरे भने नैज हसन, इब्राहिम वाहिद र हमजा मोहमदले एक–एक गोल गरे । यो नतिजापछि २१ खेलबाट ६० अंक जोडेको माजिया शिर्ष स्थानमा रहयो । पराजित क्लब इगल्स भने ४६ अंकका साथ दोस्रो स्थान मै रहेर लिगको समापन गर्न बाध्य बन्यो । माजियाको यो समग्रमा चौथो लिग उपाधि थियो ।

किरन बने उत्कृष्ट गोलरक्षक

त्यस्तै माजियाका लागि पहिलो सिजन खेलिरहेका किरन चेम्जोङ लिगको उत्कृष्ट गोलरक्षक चुनिए । स्मरण रहोस, किरनले समग्रमा दोस्रोपटक माल्दिभ्सको लिग उपाधि जित्न सफल भएका हुन् । यसअघि उनले टिसी स्पोर्टसका लागि खेल्दा सन् २०१८ मा लिग उपाधि जितेका थिए । त्यतिबेला पनि उत्कृष्ट गोलरक्षक चुनिएका थिए ।

 

 

Post Comments