News प्रथम पिपलटार कप फुटसल हुँदै
गोलनेपाल

बिदुर । पिपलटार फुटबल क्लब, नुवाकोटको आयोजनामा प्रथम पिपलटार कप विद्यालयस्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । बिदुर नगरपालिका–५, पिपलटार स्थित पिपलटार फुटसल एरिनामा आउँदो भाद्र १० र ११ गतेका दिन हुने प्रतियोगिताको लागि टिमदर्ता पनि खुला गरिएको आयोजकले जानकारी दियो ।

प्रतियोगितामा सहभागिताका लागि इच्छुक विद्यालयहरुलाई टिमदर्ता गर्न भाद्र ७ गतेसम्मको अन्तिम मिति दिइएको छ । साथै टिमदर्ता शुल्क २ हजार तोकिएको पनि आयोजकले जनाएको छ । प्रतियोगिताबारे विस्तृत जानकारीका लागि ९८२३११४०२३, ९८१०२८९९४४ सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिने पनि आयोजकले जानकारी दियो ।

Post Comments