News सुरदेवी कप नाईन ए साईड फुटबल प्रतियोगिता हुँदै
सुरज राना मगर

चितवन । फुटबलमा हाल व्यस्त देखिएको चितवनमा अर्को फुटबल प्रतियोगिता आयोजना हुने तयारीमा छ । सुरदेवी युवा क्लब, राप्ती–२ चितवनको आयोजनामा यहि साउन २७ गते शुक्रबारदेखि प्रथम सुरदेवी कप नाईन ए साईड नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको हो ।

प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा रहेको आयोजक क्लबका सुशिल कुमार थापाले बताए । साथै प्रतियोगितामा सहभागिताका लागि इच्छुक टोलीहरुलाई टिम दर्ता गर्न यहि साउन २६ गतेसम्मको अन्तिम मिति तोकिएको पनि थापाले बताए । साथै टिमदर्ता शुल्क ४१ सय तोकिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३१,१११ रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दियो । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments