News प्रथम इन्टर स्कुल फुटसल प्रतियोगिता हुँदै
गोलनेपाल

बिजय चोक युवा क्लबको आयोजना तथा अर्किड इन्टरनेशनल कलेजको मुख्य प्रायोजन, नेशनल प्याबसन काठमाडौं प्यारागन पब्लिक स्कुल र फ्रन्टलाइन हस्पिटलको सहयोगमा आगामि साउन २७ गते शुक्रबारदेखी इन्टर स्कुल फुटसल भिक्ट्री कप २०७९ हुने भएको छ ।

प्रतियोगितामा काठमाडौं उपत्यकाका १७ वटा स्कुलका कक्षा दशसम्म अध्ययनरत विधार्थीहरु सहभागि हुनेछन् । दुई दिने उक्त प्रतियोगिता अर्किड फुटसल मैदान विजयचोकमा हुने बताईएको छ ।

यस्ता खेलकुद प्रतियोगिताले विधार्थीहरुलाई आफ्नो कौशलता प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै उनीहरुको स्वास्थ र मनोबलमा राम्रो प्रभाव पार्ने भएकाले पनि आयोजना गर्न लागिएको क्लवका सचिब सन्तोष नेपालले बताए ।

प्रतियोगिता लिग कम नकआउट आधारमा खेलाइने टुनामेण्ट संयोजक विजय तामाङ्गले जानकारी दिए । प्रथम हुने टिमले ट्रफी, स्वर्ण पदक र प्रमाणपत्र सहित २५ हजार नगद पुरस्कार पाउने छन् भने दोस्रो हुने टिमले ट्रफी, रजत पदक, प्रमाणपत्र र १० हजार नगत पुरस्कार पाउने छन् ।

त्यस्तै उत्कृष्ट गोलरक्षक र उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको बताए।


Post Comments