News
नेपालले बंगलादेशसँग मैत्रीपूर्ण म्याच खेल्ने
काठमाडौं । नेपालको राष्ट्रिय पुरुष फुटबल टोलीले दक्षिण एसियाली राष्ट्र बंगलादेशसँग फिफा विन्डोमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । एन्फाका अनुसार आगामी असोज ११ गतेका दिन नेपालले बंगलादेशसँग दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल म्याच खेल्ने पक्का भएको हो ।
यद्यपि सो मैत्रीपूर्ण खेलबारे बंगलादेश फुटबल फेडरेशनले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । तर पनि नेपालको यो प्रस्ताव बंगलादेशले स्वीकार गर्ने सम्भावना बलियो छ ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान