News म्याडिसन र राइनोजलाई उपाधि
गोलनेपाल

काठमाडौं । अमेरिकामा रहेका नेपाली भाषीहरुबीच सम्पन्न सिकागोल्याण्ड थारु सोसाइटी कप फुटबल प्रतियोगिताको उपाधि म्याडिसन फुटबल क्लबले जितेको छ ।

उपाधि जित्ने क्रममा म्याडिसनले फाइनलमा टेनेसी युनाइटेड फुटबल क्लबलाई हरायो । विजेता बनेको म्याडिसन एफसीले उपाधिसहित नगद २५२५ अमेरिकी डलर प्राप्त गर्यो भने उपविजेता टेनेसीले १७१७ अमेरिकी डलरमा चित्त बुझायो ।

भेट्रान्सतर्फ राइनोजलाई उपाधि

त्यस्तै सोही अवसरमा भएको भेट्रान्स फुटबलतर्फको उपाधि सिटीएस राइनोज भेट्रान्सले जितेको छ । उपाधि भिडन्तमा राइनोजले सिकागो एफसी भेट्रान्सलाई हरायो ।

सिकागोल्याण्ड थारु सोसाईटी, सिकागोको आयोजनामा सम्पन्न प्रतियोगितामा खुलातर्फ कुल चार टोलीहरुले सहभागिता जनाएका थिए भने भेट्रान्सतर्फ केवल दुई टोलीले मात्र सहभागिता जनाएको आयोजकले जानकारी दियो ।

 

Post Comments