News महिला साफ च्याम्पियनसिपका लागि विभिन्न कमिटीहरु गठन
गोलनेपाल

काठमाडौ । नेपालमै आयोजना हुन गईरहेको महिला साफ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले विभिन्न कमिटीहरु गठन गरेको छ । एन्फाका वरिष्ठ उपाध्यक्ष विर बहादुर खड्काको नेतृत्वमा उक्त विभिन्न कमिटीहरु गठन गरिएको हो ।

मंगलबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्स्मा सम्पन्न बैठकबाट प्रतियोगिता आयोजना र सफलताका साथ सम्पन्न गर्नका लागि विभिन्न कमिटी गरिएको एन्फाले जनाएको छ ।

स्मरण रहोस, एन्फाले रबिन्द्र चन्दलाई यसअघि नै खेलस्थल व्यवस्थापकको जिम्मेवारी दिएको छ भने बिजय घलेलाई प्रतियोगिताको स्थानीय संयोजकको जिम्मेवारी दिएको थियो । त्यस्तै सुरक्षा प्रमुखमा दिनेश व्यञ्जनकार नियुक्त भएका थिए भने क्षेत्रीय प्रतियोगिताहरुको मार्केटिङ, प्रसारण र डिजिटल राईट्स कमिटीको जिम्मेवारी सञ्जिव शिल्पकारले पाएका थिए ।

मंगलबारको बैठकबाट घोषणा गरिएका नयाँ कमिटीहरुः

नयाँ कमिटीतर्फ हस्पिटलिटी कमिटीको संयोजकमा मनिष जोशी रहेका छन् भने स्वास्थ्य कमिटीमा रमेश व्यञ्जनकार रहेका छन् । होटल तथा यातायात कमिटीको जिम्मा पुरुषोत्तम थापाले पाएका छन् भने प्राविधिक कमिटीमा कृष्ण थापा रहेका छन् ।

त्यसैगरी रेफ्री संयोजक कमिटीमा बुद्धि गुरुङ छन् भने विभिन्न समारोह कमिटीको जिम्मा बिकास नारायण श्रेष्ठले पाएका छन् । त्यस्तै पब्लिसिटी कमिटीमा सुरेश साह छन् भने नेशनल टिम व्यवस्थापन कमिटीमा सरिला श्रेष्ठ रहेकी छिन् ।

स्मरण रहोस, यस वर्ष हुने साफ महिला च्याम्पियनसिप आउँदो भदौ २१ देखि असोज ३ गतेसम्म काठमाडौंमा आयोजना हुने तय भईसकेको छ । त्यसका लागि एन्फाले आवश्यक तयारीलाई पनि तिव्र पारेको छ ।

Post Comments