News नव युवाको आयोजनामा निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न
सुरज राना मगर

बुटवल । रुपन्देहीमा रहेर फुटबलसँगै अन्य सामाजिक कार्यमा पनि सक्रिय नव युवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलले एक दिने निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न गरेको छ ।

ठुटिपिपल स्थित ब्याडमिण्टन हलमा भएको परिक्षण शिविरमा महिला र पुरुष गरि कुल २१७ जनाले आँखा परिक्षण गराएको क्लबका अध्यक्ष चन्द्र गुरुङले जानकारी दिए ।

खेलकुदसँगै क्लबको सामाजिक जिम्मेवारी पनि रहेको बताउँदै अध्यक्ष गुरुङले यो क्लबको तर्फबाट सानो भए पनि सकरात्मक कामको शुरुवात गरिएको बताए । साथै उनले यस्ता सामाजिक कार्यलाई आगामी दिनहरु पनि निरन्तरता दिने घोषणा गरे ।

श्रीकृष्ण नेत्रालय प्रा.लि.सँगको सहकार्यमा सम्पन्न सो आँखा परिक्षण शिविरमा स्थानीय सहित क्लबका नयाँ तथा पुराना पदाधिकारीहरुको पनि सहभागिता र उपस्थिति रहेको थियो ।

स्मरण रहोस, नव युवाले रुपन्देही जिल्लामा केही वर्ष अघिदेखि नव युवा क्लब खुला नकआउट फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ । साथै केही वर्षदेखि रोकिएको प्रतियोगिता यसै वर्षदेखि फेरि सुचारु गर्ने योजनामा आफूहरु रहेको पनि क्लबले जनाएको छ ।

Post Comments