News वरियतामा सुधार हुन नसकेको नेपालको स्थान
गोलनेपाल

काठमाडौं । पछिल्लो केही समय यता अन्तर्राष्ट्रिय फुटबलमा अपेक्षाकृत प्रदर्शन गर्न नसकिरहेको नेपालले फिफा वरियतामा पनि सुधार गर्न सकेको छैन ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अगस्त महिनाका लागि निकालेको ताजा वरियतामा नेपाल १७६औं स्थानमा छ । जुन वरियता अघिल्लो महिलाको वरियता जस्तै यथावत छ ।

दक्षिण एसियातर्फ भने नेपाल तेस्रो स्थानमा छ । उता १०४औं स्थानमा रहेको भारत दक्षिण एसियातर्फ शिर्ष स्थानमा कायम छ । १५६औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियातर्फ दोस्रो स्थानमा छ ।

त्यस्तै १८६औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ नेपालपछि चौथो स्थानमा रहँदा बंगलादेश १९२औं स्थानमा पुगेको छ र दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ । त्यसैगरी १९६औं स्थानमा रहेको पाकिस्तान दक्षिण एसियातपर्ः छैठौं स्थानमा रहँदा २०७औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियाको पुछारमा छ ।

विश्व वरियताको शिर्ष स्थानमा भने दक्षिण अमेरिकी महारथी ब्राजील छ । दोस्रो स्थानमा बेल्जियमले पकड जमाउँदा तेस्रो स्थानमा भने अर्को दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना रहेको छ ।

Post Comments