News व्यास मेयर कपमा सात खेलहरु सम्पन्न
गोलनेपाल

दमौली । यहाँ जारी प्रथम व्यास मेयर कप सेभेन ए साईड खुला फुटबल प्रतियोगितामा बिहीबार कुल सात खेलहरु सम्पन्न भएका छन् । जसमा विवाईसी (बी), रामथुन्की एफसी, गन्नी एफसी, रामज्योति एफसी, आदर्श युवा क्लब, काली भञ्ज्याङ र भादगाउँ एफसी विजयी भएका छन् ।

दमौली स्थित बिपी बन बाटिका खेलमैदानमा भएको पहिलो खेलमा विवाईसीले नमस्ते देउरालीलाई २–० ले हरायो । त्यस्तै दोस्रो खेलमा रामथुन्कीले पाटन एफसीलाई ३–१ ले पराजित गर्यो । तेस्रो खेलमा गन्नी एफसीले एएनसीलाई ३–० ले हरायो ।

त्यसैगरी चौथो खेलमा रामज्योतीले युथ एक्टिव एफसीलाई टाईब्रेकरमा ३–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । पाँचौं खेलमा आदर्श युवा क्लबले शुक्लगण्डकी नगरपालिकालाई १–० ले हरायो ।

दिनको छैठौं खेलमा काली भञ्ज्याङले शशिकुवाँ एफसीलाई टाईब्रेकरमा ८–७ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । त्यस्तै अन्तिम तथा सातौं खेलमा भादगाउँ एफसीले फ्रेण्डशिप एफसीलाई १–० ले हरायो ।

व्यास नगरपालिकाको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२२२ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक राजेश मल्लले जानकारी दिए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments