News नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा सुधार
गोलनेपाल

काठमाडौं । पछिल्लो समय अन्तर्राष्ट्रिय फुटबलमा सहभागिता जनाउन नसके तापनि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको फिफा वरियतामा भने थप सुधार भएको छ ।

फिफाले मंगलबार सार्वजनिक गरेको ताजा वरियतामा नेपालले दुई स्थान सुधार गर्दै ८७औं स्थानमा उक्लेको छ । दक्षिण एसियातर्फ भने नेपाल दोेस्रो स्थानमा छ । त्यस्तै दुई स्थान तल झर्दै ६९औं स्थानमा पुगेको भारत दक्षिण एसियातर्फ शिर्ष स्थानमा कायम छ ।

त्यस्तै ११२औं स्थानमा रहेको बंगलादेश दक्षिण एसियातर्फ तेस्रो स्थानमा छ भने १५४औं स्थानमा रहेको पाकिस्तान दक्षिण एसियातर्फ चौथो स्थानमा छ । १६२औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ भने १६४औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ छैठौं स्थानमा छ । त्यस्तै १६७औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियातर्फ सातौं स्थानमा छ ।

विश्व वरियताको शिर्ष स्थानमा भने स्पेन रहेको छ । दोस्रो स्थानमा अमेरिका छ भने तेस्रो स्थानमा इङल्याण्ड रहेको छ । विश्व वरियताको शिर्ष दशभित्र जापान एसियाको एक्लो टोलीका रुपमा रहेको छ । वरियतामा जापान हाल पाँचौं स्थानमा रहेको छ ।

Post Comments